प्रचण्डलाई ओलीको जवाफ, चुनावमा मिलौं भन्दा राम्रो लाग्यो, सरकार बनाउन कांग्रेससंग वार्ता गर्ने ? « Arthapath.com
१५ पुष २०७७, बुधबार

प्रचण्डलाई ओलीको जवाफ, चुनावमा मिलौं भन्दा राम्रो लाग्यो, सरकार बनाउन कांग्रेससंग वार्ता गर्ने ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड अस्थिर राजनितीको उपनाम भएको बताएका छन । कम्युनिठनिष्ट एकता गरेर चुनावमा जाउँ भन्दा राम्रो लाग्ने तर सरकार बनाउने बेलामा कांग्रेससंग अनैतिक संगत गरेको बताएका छन ।

ओलीले प्रचण्डलेनै लोकतन्त्रको धज्जी उडाएको बताएको । प्रचण्डले छोरीलाई मेयर बनाउन मतपत्र च्यातेर लोकतन्त्रको धज्जी उडाएको बताए । आफु प्रधानमन्त्री बन्ने बेलामा कांग्रेसले ५ वर्ष प्रधानमनत्रीको अफर गरे भनेर पार्टीमा बार्गेनिङ गरेको बताए । मन्त्री छनोट समेत नगरी आफुलाई अफ्टेरोमा पारेको बताए ।

पार्टी एकाताको लागी आफुले दिएको केन्द्रीय सदस्यको दुरुपयोग गरी बहुमत र अल्पमतको खेलमालागेको बताए । प्रधानमन्त्रीले आफुले प्रचण्डलाई दिएको संख्या स्थीरताको लागी दिएको तर त्यो बहुमत स्वार्थमा परिणत भयो । प्रचण्डले सरकारलाई काम गर्न नदिएको ओलीले आरोप लगाए । पार्टी एकताको काम नगर्ने महाधिवेसनमा जान आवश्यक तयारी नगर्ने खाली सत्ताकै लागी आफुसंग वार्गेनिङ गरेको बताए ।

बुधबार सुदुरपश्चिम प्रदेशका काठमाडौंमा उपलव्ध कार्यकर्ता भेलालाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस क्षेत्रको विकासको लागी मार्गचित्र निमार्ण गरेकोओलीले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्