सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बोहोराले दिए राजिनामा, ओली समुह बलियो बनाउन मन्त्रीनै छाडे « Arthapath.com
२२ पुष २०७७, बुधबार

सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बोहोराले दिए राजिनामा, ओली समुह बलियो बनाउन मन्त्रीनै छाडे



काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपट बोहोरालदे मन्त्री पदनै छछाडेका छन । पुर्व माओवादी खेमाका बोहोरा अर्थमन्त्री छाडेर नेकपा ओली समुहमा लागेका छन । सुदूरपश्चिम प्रदेशको प्रभावसाली नेता मानिने बोहोराले मन्त्री पदनै छाडेर ओली समुह बलियो बनाउन लागिपरेका छन ।

बुधबार एक पत्रकार सम्मेलन गर्दे बोहोराले राजिनामा दिएका हुन । सुदूरपश्चिम प्रदेशमा कांग्रेससंग मिलेर सरकार बनाउने प्रयास रहेने बोहोराले बताए । मलाई मुख्यमन्त्रीले कित्ता किल्उयर गर भनेकाले राजिनामा गरेँ बोहोराले भने ।

मुख्यमन्त्री त्रिलोचन भट्टले आफुलाई हटाउने संकेत पाएपछि बोहोराले राजिनामा दिएका हुन । नेकपा विभाजन नहुँदै केपी शर्मा ओली समूहमा लागेका बोहोरा केन्द्रीय कमिटीको सदस्य हुन ।

५३ सदस्यीय प्रदेशसभामा नेकपाका ३९ सांसद थिए । उनीहरुमध्ये ७ जना ओली समूहमा छन । प्रदेशसभामा कांग्रेसका १२ सांसद रहेका छन ।


प्रतिक्रिया दिनुहोस्