पार्टीको आधिकारीकता दावी गर्दै ओली आज निर्वाचन आयोग जाने « Arthapath.com
२७ माघ २०७७, मंगलवार

पार्टीको आधिकारीकता दावी गर्दै ओली आज निर्वाचन आयोग जाने



काठमाडौं । पुष ५ गते नयाँ निर्वाचनमा जाने भन्दै संसद विघटन गरेका प्रधानमनत्री केपी शर्मा आली आज निर्वाचन आयोग जान लागेका छन । नेकपाको अध्यक्षमसेत रहेका ओलीलाई अर्को प्रचण्ड माधव नेपाल समुहले आफुसंग पार्टीमा बहुमत केन्द्रीय समिति रहेको भन्दै आधिकारीकता माग गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि आज पार्टीको आधिकारीकता आफुलेनै पाउनुपर्ने भन्दै आयोग जान लागेका हुन । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।

प्रचण्ड–माधव नेपाल पक्ष निर्वाचन आयोग पुगेर पार्टीको आधिकारीकता र चुनावचिन्ह आफुले पाउनुपर्ने दावी गरेका छन । प्रधानमन्त्री आज विहान ११ बजे निर्वाचन आयोग आयोगको कार्यालय जान लागेका छन ।


प्रतिक्रिया दिनुहोस्