अर्थमन्त्री पौडेलले घटाए १ खर्व ३० अर्व बजेट, आसन्न चुनावको लागी छुट्याइयो ७ अर्व « Arthapath.com
२७ माघ २०७७, मंगलवार

अर्थमन्त्री पौडेलले घटाए १ खर्व ३० अर्व बजेट, आसन्न चुनावको लागी छुट्याइयो ७ अर्व



काठमाडौं । डा. युवराज खतिवडाले ल्याएको बजेटको आकार वर्तमान अर्थमन्त्री विष्णु पौडेलले घटाएका छन । मन्त्री भएदेखीनै पौडेलले पुरक बजेट ल्याउने बताएका थिए । संसद विघटन भएर सरकारनै धरमराएको अवस्थामा मन्त्री पौडेलले बजेटको आकारनै घटाएका हुन ।

मन्त्री पौडेलले आर्थिक वर्ष २०७७÷०७८ को अर्थवार्षिक समिक्षामा बोल्दै अर्थमन्त्री पौडेलले १ खर्व ३० अर्व बजेट घटाएको जनाएका छन । सरकारले चालु आर्थिक वर्षको बजेटको आकारमा परिवर्तन गरेको हो । सरकारले चालु आवको लागी १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७७÷०७८ को लागी १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट विनियोजन गरेको थियो । सरकारले आसन्न निर्वाचनको लागी ७ अर्व बजेट विनियोजन गरेको छ । प्रधानमनत्री केपी शर्मा ओलीले मंगलबारै निर्वाचन आयोग पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएका थिए ।

सरकाले आसन्न प्रतिनिधिसभा निर्वाचन र कोरोनाको खोपको लागी पूर्व सहमति दिएका ठूला आयोजनाहरु नरोकिनेगरी बजेटको आकार घटाएको हो । सरकारले चालु खर्च ९ खर्ब ४८ अर्ब ९४ करोडबाट घटाएर ९ खर्ब १४ अर्ब ७८ करोडमा झारेको छ । पूँजीगत खर्च ३ खर्ब ५२ अर्ब ९१ करोडबाट घटाएर २ खर्ब ८३ अर्ब ४ करोडमा झारिएको छ ।

अर्थमन्त्री पौडेलले वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ८९ करोडको बजेटको आकार घटाएर १ खर्ब ४६ अर्ब ८६ करोडमा सिमित हुने अनुमान गरेका छन ।


प्रतिक्रिया दिनुहोस्