२ रूपैयाँले बढ्याे पेट्राेलकाे मुल्य, खाना पकाउने ग्यास १४ सय पुग्याे « Arthapath.com
२८ माघ २०७७, बुधबार

२ रूपैयाँले बढ्याे पेट्राेलकाे मुल्य, खाना पकाउने ग्यास १४ सय पुग्याे



नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएकाे जनाएकाे छ ।

स्वचालित मुल्य अनुसार सरकारले पेट्राेलियम पदार्थकाे मुल्य बढाएकाे छ । निगमले पेट्राेल मट्टितेल र डिजेलकाे मुल्यमा २/२ रुपैयाँले बढाएको छ । योसँगै पेट्राेल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

सरकारले घाटा खाँदै आएकाे खाना पकाउने ग्यासकाे मुल्यमा २५ रूपैयाँ बढाएकाे छ । ग्यास अव प्रति सिलिण्डर १४ सय पुगेकाे छ । यसअघि निगमले १३ सय ७५ रूपैयामा बिक्री गर्दै आएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्