पेट्रोलियम पदार्थको मुल्य बढेपछि बायुसेवा कम्पनीहरुले पनि बढाउने भए भाडा, (कहाँ कति बढ्यो, हेर्नुहोस) « Arthapath.com
७ फाल्गुन २०७७, शुक्रबार

पेट्रोलियम पदार्थको मुल्य बढेपछि बायुसेवा कम्पनीहरुले पनि बढाउने भए भाडा, (कहाँ कति बढ्यो, हेर्नुहोस)



काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएपछि बायुसेवा कम्पनीहरुले पनि भाडा बढाउने भएका छन ।

बायुसेवा संचालक संघ नेपालको शुक्रबार बसेको बैठकले निगमले हवाई इन्धनको मुल्य बढाएको भन्दै भोली ८ गतेदेखी संघमा आवद्ध कम्पनीहरुले भाडा बृद्धि गर्ने जनाएका छन ।

निगमले गत फागुन ४ गते हवाई इन्धनको मुल्य प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको छ । २०७५ जेठ २७ गतेको मन्त्रीस्तरीय निर्णयद्वरा स्वचालित मुल्य अनुसार भाडा बृद्धि गर्ने सहमती भएको हो ।


प्रतिक्रिया दिनुहोस्