कोरोना नियन्त्रको लागी नाडाले दियो यी मेडिकल सामान « Arthapath.com
२८ बैशाख २०७८, मंगलवार

कोरोना नियन्त्रको लागी नाडाले दियो यी मेडिकल सामान



नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले कोरोना नियन्त्रणको लागी स्वास्थ्य सामाग्री सहयोग गरेको छ । देशव्यापी रुपमा कोरोनाको महामारी फैलिरहेको बेला कोरोना नियन्त्रण र त्यसको सहजताका लागि आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामग्री सहयोग गरेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने स्लीपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र मास्क ५००० वटा समेतगरी कूल ५ थरिका मेडिकेटेड सामानहरु नेपाल ए.पि.एफ अस्पताल अन्तर्गतको कोभिड—१९ युनिफाईड अस्पतालका प्रा.स प्र उपनिरिक्षक डा. मिना कुवरलाई हस्तान्तरण गरेको छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सो सामाग्री हस्तान्तरण गरेका थिए । ती सामानहरु हस्तान्तरण गर्ने क्रममा अध्यक्ष दुलालले नाडाको तर्फबाट सक्दो थप सहयोग समेत गरिदै जाने बताए । सो कार्यक्रममा डा. मिना कुंवरले यस्तो बन्दाबन्दीको अवस्थामा पनि यसरी सहयोग पु¥याई दिएकोमा नाडालाई धन्यवाद दिदै सहयोग स्वरप प्राप्त यी मेडिकेटेड सामानहरु यस अस्पतालमा आउनु भएका विपन्न परिवारका सदस्यहरुलाई वितरण गरिने समेत बताइन ।

हस्तान्तरण कार्यक्रममा सो अस्पतालका तर्फबाट प्रा.स.प्र उपरिक्षक तथा प्रवक्ता डा.प्रविन नेपाल, नसिंङ्ग मेट्रोन प्रा.स.प्र नायव उपरिक्षक लक्ष्मि अधिकारी समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सो कार्यक्रममा नाडाका तर्फबाट महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल तथा नाडाका लेखा प्रमुख विष्णुकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । यस कार्यक्रमको सम्पूण व्यवस्थापन महासचिव रिजाले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्