किसानलाई खुशिको खवरः रासायनिक मल कारखाना स्थापना गरिने, कृषिको बजेट ४५ अर्ब ९ करोड

काठमाडौं । सरकारले कृषि क्षेत्रको लागी आगामी आर्थिक वर्षमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । शनिबार प्रधानमन्त्री कार्यालयबाट अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८–०७९ को बजेट सार्वजनिक गर्दै कृषि क्षेत्रमा बजेट बढाएका हुन् ।
आगामी बजेटमा मल खरिदकालागि बजेट थपगरि १२ अर्व छुट्याएका छ । साथै ३ वर्ष भित्रमा रासायनिक मल कारखाना स्थापना गरिने जनाइएको छ ।
त्यस्तै, नेपाललाई २ वर्ष भित्र दूध र तरकारीमा आत्मनिर्भर बन्ने भएको छ । यस्तै ३ वर्ष भित्र गहुँ, मकै, कोदो, फापर र ५ वर्ष भित्र चामलमा नेपाल आत्मनिर्भर भएको घोषण गर्ने पौडेलले जानकारी दिए ।
किसानबाट उत्पादित दूधका लागि बजार सुनिश्चितका लागि विराटनगर, पोखरा लगायत स्थानमा दूध सङ्कलन तथा चिस्यान स्थापना गर्नुका साथै क्षमताको विकास गर्ने जनाएको छ । यस्तै सरकारले तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानलाई २५ प्रतिशत अनुदान दिने घोषणा गरेको छ ।