कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने लक्ष्य « Arthapath.com
१८ जेष्ठ २०७८, मंगलवार

कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने लक्ष्य



काठमाडौं । कर्णाली प्रदेशले कृषिका लागि जडिवुटी, रैथानी बाली, फलफूल, बीउ, गाई, भैसी, बाख्रा पालन, युव रोजगार तथा व्यवसायीक खेतीमा केन्द्रीत रहेर आर्थिक वर्ष २०७८/२०७९ वजेट तयारी गरिरहेको छ । कर्णाली प्रदेशका प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्का स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न यहाँका सरकारले विशेष ध्यान दिएको बताउनुभयो । पुरै प्रदेशलाई अर्गानिक प्रदेश बनाउने गरी कर्णाली प्रदेश सरकारले काम गरिरहेको बताउँदै उहाँले मन्त्रालय र योजना आयोगले अर्गानिक कृषिमा जोड दिएको बताउनुभयो ।

एशोसिएशन अफ नेपाली एग्रिकल्चलर जर्नालिस्ट (अनाज) ले ‘कोरोना महामारी र कर्णाली प्रदेशमा कृषि वजेटका सवालहरु’ आयोजना गरेको भर्चुअल बसह कार्यक्रममा बोल्नु हुँदै उहाँले कर्णाली प्रदेशलाई व्यवसायीक कृषिमा जोड दिँदै आत्मनिर्भर कसरी बनाउनेमा पनि योजनाहरु भइरहेको बताउँदै उहाँले स्थानीय तहमा भएका फाइदाजनक तर आझेलमा परेको स्थानीय बालीलाई प्रवद्र्धन गर्ने सोध बनाइएको उहाँले बताउनुभयो ।

भूमी व्यवस्था, सहकारी तथा कृषि मन्त्रालयका सचिव डा.राजेन्द्र मिश्र हिजोका कमिकमजोरीलाई सुधार गर्दै स्रोत केन्द्रलाई बलियो बनाउने काम गरिरहेको बताउनुभयो । कृषि नाफा मुलुक हुनैपर्छ, किसानलाई नाफा भएन भएन कृषिमा टिक्नसक्दैन, त्यसैले किसानलाई केबाट आयस्रोतमा वृद्धि हुन्छ त्यसमा कृषि मन्त्रालयले जोड दिएको उहाँले बताउनुभयो ।

भैंसी, बाख्रा, पालनमा विशेष जोड दिएको बताउँदै उहाँले रैथानेबालीमा धेरै उत्पादकत्व बढाउने अवस्था छैन त्यसैले रैथाने बालीका लागि बजारीकरणमा जोड दिएको बताउनुभयो । उच्च मूल्यमा काम गर्ने व्यवसायीहरु कर्णालीमा आएर काम गर्न सक्छ त्यसमा हामीले सहयोग गर्छौ, उहाँले भन्नुभयो, प्राङ्गारिकको दिगो आधार भनेको गोठ र बोट नै हो, त्यसका लागि आधुनिक फार्महरु बनाउनुको साथै गोठ सुधारका कार्यक्रमहरु प्राथमिकताका लागि ल्याएका छौं ।’

कर्णालीमा बीउ उत्पादनलाई विशेष व्यवस्था गर्न लागेको बताउँदै उहाँले उद्योगी, व्यवसायीलाई यहाँ काम गर्नका लागि आउन आग्रह गरेको बताउनुभयो । कर्णाली प्रदेश साँच्चै बीउका लागि निकै सम्भावना भएको क्षेत्र हो र यसमा सरकारले विशेष ध्यान दिन लागेको उहाँले जानकारी दिनुभयो । सिँचाईका लागि विभिन्न कार्यक्रम तयारी गरिरहेको साथै युवालाई कसरी रोजगारमा ल्याउन सकिन्छ त्यसको बारेमा पनि कार्यक्रमहरु बनाइ रहेको बताउनुभयो । प्राविधिक स्कूलका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सँग सहकार्य भइरहेको बताउँदै उहाँले पुष्प खेतीका लागि पनि किसानलाई आकर्षण गर्ने कार्यहरु भइरहेको जानकारी दिनुभयो ।

कृषि मन्त्रालयले व्याज अनुदानका कार्यक्रम गर्दै सहकारीसँग सहकार्य गरी किसानसमक्ष पहुँच पुर्याउने काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले वजेट तथा कार्यक्रम बनाएर मात्र हुँदैन, त्यसलाई कर्यान्वयनमा कसरी ल्याउन सकिन्छ त्यसमा पनि आफूहरुको विशेष जोड रहने बताउनुभयो । हरेक घर प्रङ्गारिक मल उत्पादन कार्यक्रम ल्याइरहेको बताउँदै उहाँले त्यहाँ ठूला ठूला कारखाना खोलेर सम्भव पनि नरहेकोले प्राङ्गारी मलका लागि सानासना उद्योगहरु स्थापना गर्ने योजना रहेको बताउनुभयो । १० वर्षभित्रमा सम्पूर्ण पालिकालाई अर्गानिक पालिकाको रुपमा घोषणा गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

अर्गानिक कृषिका अभियन्ता डा.कृष्ण पौडेलले बीउ उत्पादनका लागि कर्णाली प्रचुर सम्भावना भएको क्षेत्र हो र सो क्षेत्रका लागि सरकारले विशेष ध्यान दिनुनर्पे सुझाव दिनुभयो । मार्फा रायो साग त्यहीको उत्पादन साग हो, अन्य मुख्य जडिबुटीहरु त्यहीबाट आउने गरेको हुनाले सरकारले कर्णालीमा कृषिका लागि विशेष क्षेत्रको रुपमा राखनुपर्ने उहाँको सुझाव थियो । प्रदेश सरकारले आफ्नो कामको दायरा बढाउनुपर्ने सुझाव दिनुहुँदै उहाँले कर्णाली प्रदेशका लागि आफूले पटक पटक सुझाव दिँदै आएको बताउनुभयो ।

कृषि उद्यमी राज शाही कर्णालीको भौगोलिक, हावापानी फरक भएका हुनाले त्यहाँ भएको उत्पादीत वस्तुलाई मूल्य शृङ्खलामा राखेर किसानको आयस्रोत बढाउने काम गर्नुपर्ने सुझाव दिनुभयो । कर्णाली प्रदेशमा एउटा ठूलो कृषि उद्योग चल्नसक्छ तर त्यहाँ रोजगारी सृजना गर्नुको साथै व्यवसायी कृषिलाई पनि अगाडि बढाउन सकिने बताउनुभयो । कर्णाली क्षेत्र अर्गानिक कृषिका लागि मात्र जडिबुटी पशुपालनका लागि पनि महत्वपूर्ण क्षेत्र रहेको उहाँले बताउनुभयो ।

अनाजका अध्यक्ष किरण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालले कर्णालीको दूधलाई व्यवस्थापन गर्न कृषि मन्त्रालयलाई आग्रह गर्नुभयो । कर्णाली प्रदेशमा दूध अर्गानिक भएका हुनाले त्यसका लागि सबै क्षेत्र लाग्नुपर्ने उहाँको सुझाव थियो । कर्णाली प्रदेशमा छुर्पीको निकै सम्भावना रहेको छ त्यसमा पनि कृषि मन्त्रालयले कार्यक्रम र वजेटको व्यवस्था गराउनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले काठमाडौँको नजरले कर्णालीलाई हेर्दा विकट मात्र रहेको छ तर देशका लागि ठूलै सम्भावना भएको क्षेत्र रहेको बताउनुभयो । केन्द्रीय सरकारले वजेटमा अर्गानिक क्षेत्रका लागि गौण भएपनि त्यहाँको सरकार गौण नहोस् भनि ध्यानाकर्षण उहाँले गराउनुभयो । त्यहाँका किसान तथा उद्यमीले के कस्तो समस्या त्यहाँ भोगि रहेका छन् ती कुराहरु विशेष रुपमा ल्याउनुपर्ने बताउँदै उहाँले त्यहाँका १० वटा पालिका अर्गानिक पालिका बनाउने योजना सरकारको थियो त्यो कहाँ पुग्यो भनि उहाँले प्रश्न गर्नुभयो ।

फ्लोरी कल्चलर एशोसिएशनका अध्यक्ष कुमार कजसु श्रेष्ठ कर्णाली प्रदेश पुष्प क्षेत्रका लागि निकै महत्वपूर्ण क्षेत्र रहेको बताउनुभयो । उहाँले सुर्खेतमा पुष्पखेती र व्यवसायीका लागि निकै सम्भावना रहेकाले कृषि मन्त्रालयले त्यसका लागि विशेष कार्यक्रम बनाउनुपर्ने सुझाव दिनुभयो । कृषक राम वस्ताकोटी कोरोनाका कारण कृषिमा अल्पकालिन तथा दीर्घकालिन कस्तो खालको असर परेको त्यसको लागि पनि अध्ययन गरेर कार्यक्रम बनाउनुपर्ने सुझाव दिनुभयो । पत्रकार सविन धमलाले अब किसानलाई हेरेर वजेट बनाउने अवस्था नरहेकाले कोरोनाको महामारीलाई अध्ययन गरेर वजेट बनाउनुपर्ने सुझाव दिनुभयो । राष्ट्रिय कृषक समूह महासंघका महासचिव रिता वास्ताकोटीले कर्णाली प्रदेशमा अधिकाँश किसानहरु साना, भूमीहिन, सिमान्त र महिला किसानहरु रहेका छन् उनीहरुलाई खाद्य सुरक्षा जोखिमबाट जोगाउनुपर्ने सुझाव दिनुभयो


प्रतिक्रिया दिनुहोस्