निर्वाचन आयोगद्वारा ४१ दललाई ५० हजारका दरले जरिवाना गर्ने निणर्य « Arthapath.com
४ असार २०७८, शुक्रबार

निर्वाचन आयोगद्वारा ४१ दललाई ५० हजारका दरले जरिवाना गर्ने निणर्य



काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दललाई ५० हजार रुपैयाँका दरले जरिवाना गर्ने निणर्य गरेको छ । आयोगको तोकेको समय अवधिभित्र आयव्ययको लेखापरीक्षण प्रतिवेदन पेश नगरेका दलहरूलाई जरिवाना गर्ने भएको हो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ अनुसार आर्थिक पारदर्शिता नदेखाएका दललाई आयोगले जरिवाना गर्नसक्ने व्यवस्था छ ।

राष्ट्रिय स्तरका दलहरु भने यो सूचीमा छैनन् । यी दललाई आयोगले ३० दिनभित्र जरिवाना बुझाउन भनेको छ । निर्वाचन आयोगका अनुसार हाल नेपालमा १३२ वटा राजनीतिक दल दर्ता भएका छन् । यसमध्ये ४१ दलले समयमा लेखापरिक्षण नबुझाएको पाइएको छ ।

यी हुन् जरिवाना तिर्नुपर्ने राजनीतिक दलः


प्रतिक्रिया दिनुहोस्