९ असार २०७८, बुधबार

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य १२७ रुपैयाँ पुग्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल तथा डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो ।

अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन(अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २०ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ ।

गत जेठ २२ मा मात्र आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र आन्तरिक हवाई इन्धनमा साबिकको मूल्यमा २ रूपैयाँ बढाएको थियो। भारतीय अयल कर्पोरेशनबाट आएको मूल्य बढेर आएकाले  सोहीअनुसार नेपालमा समायोजन गरिएको निगमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्