पूर्व प्रधानमन्त्री ओलीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडलाई कारबाही माग गर्दै उजुरी « Arthapath.com
२७ श्रावण २०७८, बुधबार

पूर्व प्रधानमन्त्री ओलीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडलाई कारबाही माग गर्दै उजुरी



काठमाडौं । अबैध नुनको कारोबार गरेको आरोपमा पूर्व राज्यमन्त्री दुगडलाई कारबाही गर्न माग गर्दै उजुरी परेको छ । पूर्व उद्योग राज्यमन्त्री एवम् तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री तथा पन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको हो । नेपालमा आयोडिनयुक्त नुनको उत्पादन, भण्डारण तथा बिक्रि बितरण साल्ट ट्रेडिङ कर्पाेरेशनले मात्रै गर्छ ।

राष्ट्रिय उपभोक्ता मञ्चले मोतीलाल दुगड सञ्चालक रहेको दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टस मोरङ कम्पनीले नुनकोे अबैध कारोबार गरेको भन्दै उजुरी दर्ता गराएको हो । नेपालमा नुन बिक्रीको लागि अनुमति नपाएको तर दुगडको कम्पनीले सेन्चुरी स्प्रींकल टेवल साल्टका नाममा आयोडिनयुक्त नून बिक्री गरेको मञ्चले जनाएको छ ।

उजुरीमा कम्पनीले १ सय ग्रामलाई ३५ रुपैयाँमा बिक्री गरेको र खाद्य गुणस्तर नियन्त्रण कार्यालयबाट अनुमति नलिई नून उत्पादन गरेर बजार पठाइएको मञ्चले जनाएको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उक्त कुराको जानकारी गराएको भएपनि ११ महिनासम्म कुनै सुनुवाई नभएपछि प्रधानमन्त्री शेर बहादुर देउवालाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्