प्रदेश सभापतिमा पौडेल पक्षबाट मैले जित्ने पक्का छ: सभापतीका उम्मेदवार केसी « Arthapath.com
१७ मंसिर २०७८, शुक्रबार

प्रदेश सभापतिमा पौडेल पक्षबाट मैले जित्ने पक्का छ: सभापतीका उम्मेदवार केसी



जगदिश्वर नरसिंह केसी, प्रदेश सभापती पदका उम्मेदवार, नेपाली कांग्रेस, बागमती प्रदेश


नेपाली काङ्ग्रेस नुवाकोटको तीनपटक सभापति भइसकेका जगदीश्वरनरसिंह केसी पर्सि १८ गते हुने प्रदेश अधिवेशनको सभापतिको उम्मेदवार हरेका छन् । नुवाकोट जिल्लामा केसी परिवारकै सभापतिका उम्मेदवार डा. केदारनरसिंह केसी पराजित भएका छन् । यसअघि उनै जगदीश्वरनरसिंह केसी सभापति रहेका थिए । उनै केसीसँग उषा रेग्मीले गरेको कुराकानीको सारसङ्क्षेप :

प्रदेश सभापतिको उम्मेदवारको तयारी के छ ?

जिल्लाको अधिवेशन सकिएको छ, मेरो तयारी प्रदेश सभापतिका लागि हो । मैले लामो समयदेखि प्रदेश सभापतिका लागि तयार गर्दै आएको हुँ । अहिले पनि १७ गते मनोनयन र १८ गते निर्वाचन हुँदै छ । प्रदेश अधिवेशन सभापतिकै लागि लबिङ गरिरहेको छु । आजसम्म हाम्रो समूहबाट सभापतिलगायत कार्यसमितिको टुङ्गो लगाएर त्यहीअनुसार अगाडि बढ्छौँ । म चारपटक जिल्ला सभापति भएँ । दुईचोटि सांसद भएँ । अहिले देखिएका साथीहरूभन्दा हरेक दृष्टिकोणले लामो समयदेखि सभापति नै भएर बसेको भएर सिनियर पनि हुँ ।

प्रदेशमा संस्थापनइतर समूह कत्तिको बलियो छ ?

हाम्रो समूह बलियो छ । हाम्रो समूहले एकजना उम्मेदबार भएर जाने निर्णय गरिसकेको छ । अर्को समुहमा २ उममेदवार छन्, मैले जित्ने पक्का छ । हाम्रो समूहले बागमती प्रदेशमा चुनाव जित्छ ।

जिल्ला अधिवेसनमा आफ्नै पार्टीको कार्यकर्ताको भोट किन्न १० लाखको चेक पुग्यो ।


प्रदेश सभाको टिकट किन दिने जिल्लामा नै तपाईंहरूको पक्षले सभापति हा¥यो, प्रतिनिधि कम जिताउन सफल हुनुभयो नि ?

महाधिवेशन प्रतिनिधिहरूले नुवाकोटको नाताले सदस्य को आए, कसरी आए, कुन हिसाबले आए, आफ्नो ठाउँमा छ । म उम्मेदवार हुँदा मलाई मतदान गर्छन् । मैले उहाँहरूलाई कति ट्रयाकमा राखुँला, राख्न सकुँला । म हुँदा अन्य समूहबाट जितेका प्रतिनिधिहरूले सहयोग, सद्भाव जिल्लावासीको कारणले पूर्ण सहयोग हुनेमा विश्वस्त छु ।

जिल्लामा एउटा प्रस्ट गुट थियो, एउटा संस्थापन समूहको भोट तपाईंका उम्मेदवारले ल्याउन सक्नुभएन नि, कारण के हो ?

हेर्नुहोस्, अहिले अधिवेशनलाई वडादेखि जिल्लासम्म हेर्दा मभन्दा जानकार तपाईंहरू नै हुनुहोला जस्तो लाग्छ । मैले यस्तो अधिवेशन देखेको पनि थिइनँ । म पनि चारचोटि सभापति भएँ । अन्तिमपटक सबैभन्दा बढी खर्च गरेँ, जुन पाँच लाखजति खर्च भएको थियो । योभन्दा अगाडि सभापति लड्दा पैसा नै खर्च भएन । तर, अहिलेको चुनावमा परिस्थिति यस्तो बन्यो, एक भोटलाई एक लाख चेक काटेर दिए । जुन मतदाता किन्ने काम भयो । त्यसको सबुत प्रमाण आफ्नै पार्टीको कार्यकर्ताको तारकेश्वर गाउँपालिका समितिका सभापति केशव अर्याललाई राति १० लाखको चेक पुग्यो भोट किन्न । नुवाकोटका सबै एकातिर हुनुभयो, हामी एक्लै हुँदा पनि आधा शक्ति हामी छौँ । हारजितभन्दा पनि नुवाकोटमा हामीलाई त्यति सजिलै बाइपास गरेर अगाडि बढ्न नसक्ने अवस्था छ ।

नुवाकोमा केन्द्रको गुटभन्दा पनि केसी परिवार भर्सेस अरू देखियो, होइन ?

यसमा त्यही देखियो, केन्द्रको हिसाबले रामशरण दाइ र हामी सँगै छौँ, तर जिल्लामा अर्कै समूहसँग मिल्नुभयो । नुवाकोटमा हामीलाई सत्ता, शक्ति, पैसा जिल्लाको सब एक हुँदाखेरि हामी जुन ६ भोटले जिल्ला सभापतिमा पराजित भयौँ । त्यसलाई हारको रूपमा होइन, नुवाकोटका साथीहरूले हामीलाई कति माया गरेछन् । त्यो शक्तिका बाबजुद यत्रो मत ल्यायौँ । त्यसकारण मैले यसलाई प्राविधिक कारणले सभापति भएन, तैपनि बलियो छौँ भन्ने कुरामा मेरो सोचाइ त्यही छ ।

जिल्लाको चुनावको असर प्रदेश र केन्द्रमा पनि पर्छ ?

कमजोर बनाउनेहरू केन्द्रमा एउटै टिममा छौँ । जिल्लामा अर्को टिमसँग मिल्नुभयो । त्यसले मत लुज गरेको छ । अब केन्द्रमा जाँदा सहकार्य गरेर अगाडि बढेर सहयोग गर्नुहुन्छ भन्ने मलाई लागेको छ ।


प्रतिक्रिया दिनुहोस्