राजीनामा दिनुअघि रेनु दाहालले विवरण नै उल्लेख नभएकालाई लाखौ रकम वितरण गरिन् « Arthapath.com
१८ बैशाख २०७९, आईतवार

राजीनामा दिनुअघि रेनु दाहालले विवरण नै उल्लेख नभएकालाई लाखौ रकम वितरण गरिन्



काठमाडौं । यतिबेला स्थानीय तहको निर्वाचन माहोल तात्तिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार नतिजा आफ्नो पोल्टामा ल्याउन दौडधुप गरिरहेका छन् । 

सबैभन्दा धेरै चासोको रुपमा हेरिएको भरतपुर महानगरपालिकाको मेयर पदबाट रेनु दाहालले राजीनामा दिएर पुन मेयरका लागि निर्वाचनमा उम्मेदवार बनेकी छिन् । तर उनले मेयर पदबाट राजीनामा दिनुअघि विभिन्न ब्यक्तिहरूलाई लाखौं रकम वितरण गरेकी छिन् । 

चैत्र १८ गते नगर कार्यपालिकाको ६४ औँ अर्थात् अन्तिम बैठकबाट निर्माण सम्पन्न नभएको आयोजना, आफूनिकटका नेता कार्यकर्ता लगायतलाई लाखौं रकम बाँड्ने निर्णय गरेकी हुन् । उनले डिप्रेसनमा परेका बिरामीदेखि प्राणघातक, मुटु रोग बिरामी लगायतका ब्यक्तिलाई रकम वितरण गर्ने निर्णय गरेकी हुन् । 

महानगरको नगर कार्यपालिकाको अन्तिम बैठकमा माइन्यूट नै गरेर उपचार खर्चको नाममा विभिन्न व्यक्तिलाई ६ लाख ५५ हजार रुपैयाँ बाँड्ने निर्णय गरिएको हो । उक्त रकम कम्तिमा १० हजारदेखि एक लाख रुपैयाँसम्म रहेको छ ।

जसमा विभिन्न २१ जनालाई उपचार खर्च वापत भनेर रोगको विवरण प्रष्ट नखुलाइ रकम मात्रै दिने उल्लेख गरिएको छ । जसमध्ये भरतपुर १० का खेम दर्जीलाई रकम पाउनुपर्ने अवस्था नै उल्लेख नगरी १ लाख रुपैयाँ दिने निर्णय गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्