अर्थतन्त्रमा निजी क्षेत्रको ७० प्रतिशत योगदान छ भने त्यति नै हक पनि छः अर्थमन्त्री शर्मा « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

अर्थतन्त्रमा निजी क्षेत्रको ७० प्रतिशत योगदान छ भने त्यति नै हक पनि छः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा ७० प्रतिशत निजी क्षेत्रको योगदान रहेकाले निजी क्षेत्रको हक अधिकार पनि ७० प्रतिशत नै रहेको बताएका छन् । महासंघले आयोजना गरेको पुर्ब बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले अर्थतन्त्रमा सरकारको ३० प्रतिशत र निजी क्षेत्रको ७० प्रतिशत नै अधिकार रहेको बताएका हुन् ।

निजी क्षेत्रका लागी कानुनी तथा नितिगत समस्या भए एक दुई तीन गरेर सुझाव दिन उनले माग गरेको छन् । प्रशासनिक समस्या भए समाधानका लागि बजेटमा समेट्ने उनले बिश्वास दिलाए ।

राज्यले नीति नियमनलाई समय अनुकुल सुधार गर्ने कुरामा उनको जोड रहेको थियो । वैदेशिक लगानी भित्र्याउन ३ वटा प्रोजेक्टलाई ल्याउँदा पुग्ने उनले बताए । अर्थमन्त्री शार्माले भने, ’वैदेशिक लगानी भित्र्याउन ३ वटा बिदेशी प्रोजेक्ट ल्याए पुग्छ । ऋृण थपिने गरि लगानी भित्र्याउन भन्दा पनि ऋृण तिर्न गरि वैदेशिक लगानी ल्याउनुहोस् । सरकारले वैदेशिक लगानी भित्र्याउन सहयोग गर्छ ।’

औद्योगिक बिस्तार गर्नका लागि सरकारले जग्गा उपलब्ध गराउने भन्दै मन्त्री शर्माले ५० बर्षका लागि जग्गा आवश्यक पर्छ भने पनि सरकारले ब्यवस्थापन गर्ने बताए ।

अहिलेको संकट समाधान गर्ने मुख्य आधार भनेको उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने भनाइ रहेको थियो । जसको लागि कृषिमा आधारित कच्चा पदार्थ उत्पादन गर्नुपर्ने बताए । हालसम्म कृषिमा भएको आयातलाई कृषिमा लगानी गर्न उनले आग्रह गरे ।

अहिले भैरहेको लोडसेडिङको समस्या आजभोलि नै समाधान गर्ने उनले दाबी गरे । जलविद्युत आयोजना निर्माणमा ढिलाइ भएकोले लोडसेडिङ गर्नुपरेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्