आजभन्दा ७० बर्ष पहिले नेपालको पहिलो बजेट यस्तो थियो (पूर्णपाठ) « Arthapath.com
१५ जेष्ठ २०७९, आईतवार

आजभन्दा ७० बर्ष पहिले नेपालको पहिलो बजेट यस्तो थियो (पूर्णपाठ)



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्ने भएको छ । सरकारले संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् । आर्थिक वर्ष २०७९–८० को राजस्व र व्ययको वार्षिक अनुमान मिति २०७९ जेठ १५ गते आइतबार दिनको ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ ।

आइतबार आगामी आर्थिक बर्ष २०७९–८० को बजेट सार्वजनिक हुँदा यतिबेला नेपालको पहिलो बजेट बारे चासो बढ्न थालेको छ । नेपालको पहिलो बजेट कस्तो थियो भन्नेबारे यहाँ पूर्णपाठ सहित राखिएको छ ।

नेपालमा २००७ साल अघिसम्म नेपाल सरकारको आयव्यय बारे राणाहरुलाईबाहेक कसैलाई थाहा हुने थिएन् । जब नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भयो त्यसबेलादेखि नै नेपालमा बजेट सार्वजनिक गर्ने प्रचलन शुरुवात भयो । नेपालको पहिलो बजेट २००८ सालमा सार्वजनिक भएको हो । २००८ साल माघ २१ गते नेपालमा संवैधानिक व्यवस्थाअनुसार सर्वप्रथम बजेट पेश भएको थियो ।

नेपालको पहिलो बजेट तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले पेश गरेका थिए । बजेटको आकार ५ करोड २५ लाख रुपैयाँ थियो । २००८ सालदेखि २०१२ सालसम्मका बजेट शान्ति सुरक्षा कायम राख्न, राजस्व संकलन र दैनिक प्रशासन सञ्चालनमा केन्द्रीत रहेको थियो ।

नेपालमा पहिलोपटक आजभन्दा ७० वर्ष पहिले संसदमा राणा शासन अन्त्यपछि बनेको नेपाली कांग्रेस सरकारका अर्थमन्त्री सुवर्ण समशेर राणाले पेश गरेका थिए । तत्कालिन अर्थमन्त्री शुवर्ण समशेर राणाले ‘नेपालका दाजु–भाइ, दिदी–बहिनी’ भन्दै बजेट वाचन सुरुवात गरेका थिए भने अन्तमा ‘जय नेपाल’ भनेका थिए । नेपालको त्यो पहिलो बजेट र अहिले प्रस्तुत हुने बजेटमा भाषा संरचनादेखि भूमिका, आकार, कार्यक्रम सबैमा आकाश–जमिनको अन्तर छ ।

पहिलो बजेट भने केवल ३ हजार ४ सय ८९ शब्दको थियो, जुन अर्थमन्त्रीले १५ मिनेटमा बाचन गरेका थिए । त्यसबेलाको अनुमानित आँकडा अनुसार २००७ सालमा देशको कुल आम्दानी २ करोड ९० लाख ८१ हजार रुपैयाँ थियो भने खर्च २ करोड ४६ लाख २७ हजार भएको थियो ।

२००८ सालको बजेटको पूर्णपाठ:


प्रतिक्रिया दिनुहोस्