बजेटको लक्ष्य पुरा गर्छु गभर्नर अधिकारी, अर्थमन्त्री-गभर्नर सम्बन्ध सुध्रिएको हो ? « Arthapath.com
१६ जेष्ठ २०७९, सोमबार

बजेटको लक्ष्य पुरा गर्छु गभर्नर अधिकारी, अर्थमन्त्री-गभर्नर सम्बन्ध सुध्रिएको हो ?



काठमाडौं । नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयको दुरी जति टाढा छ त्यतीनै यी दुई निकायका प्रमुखहरुको मन पनि त्यतिनै टाढा देखिएको छ । अर्थ मन्त्रालय हाँक्ने अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकको नेतृत्वमा रहेका गभर्नर महाप्रसाद अधिकारीविच सम्बन्ध चिसिएको २ महिना भयो ।

सरकारले गत चैत्र २५ गते सरकारले गभर्नर अधिकारीलाई सूचना चुहाएको भन्दै निलम्बन गरेको थियो । आफु अनुकुल काम गभर्नरबाट नभएपछि अर्थमन्त्री शर्माले गभर्नर हटाउने खेलमा लागेका थिए । गभर्नर अधिकारीलाई नहटाउन सर्वोच्च हदालतले बैसाख ६ गते आदेश दिएपछि अर्थमन्त्री शर्मा तनामा रहदै आएका छन् ।

सिंहदरवार र गभर्नर कार्यालय बालुवाटारविच चलेको वाकयुद्ध अझै सकिएको छैन । सरकारले गरेको हस्तक्षेप भन्दा पनि स्वायत्त संस्थाको गरिमा राख्दै राष्ट्र बैंक चलिरहेको छ ।

आइतबार सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गरेसंगै सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारी देखिए । ३ बजेलाई तय भएको पत्रकार सम्मेलनमा केही अघिनै पुगेका गभर्नर अधिकारी अर्थमन्त्री पछि एक कुर्सी छोडेर बसेका थिए ।

पनि अर्थमन्त्री, अर्थ सचिव, राजश्व सचिव र योजना आयोगका उपाध्यक्ष संगै पोडिएममा देखिए । अर्थमन्त्री र गभर्नरको विचमा थिए योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल । कार्यक्रममा एक वाक्यमात्रै बोलेका गभर्नर अधिकारीले सरकारले ल्याएको बजेटको लक्ष्य पुरा गर्ने बताए ।

गभर्नर अधिकारीले सरकारले बजेटमा ७ प्रतिशत बिन्दुमा मुल्यबृद्धि राख्ने लक्ष्य अनुसार राष्ट्र बैंकले त्यै अनुुसार काम गर्ने बताए । सोमबार प्रश्तुत भएको बजेटले ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य र ७ प्रतिशतमा मुल्यबृद्धिलाई नियन्त्रणमा राख्ने योजना पेश गरेको थियो ।

कार्यक्रममा अगाडी लहरमा नबसी गभर्नर अधिकारी पत्रकार बस्ने लहरमै बसेका थिए । कार्यक्रम सकिएपछि अर्थमन्त्री र अन्य बरिष्ठ अधिकारीहरु हिँडेपछि गभर्नर अधिकारीलाई कार्यक्रम स्थालबाट अर्थसचिवले बाहिर ल्याएका थिए । गभर्नर मन्त्री तिक्तताको अनुभुति पत्रकार सम्मेलनमा पनि झल्कन्थ्यो ।


प्रतिक्रिया दिनुहोस्