जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्राउन प्रधानमन्त्री देउवाको आग्रह « Arthapath.com
४ आश्विन २०७९, मंगलवार

जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्राउन प्रधानमन्त्री देउवाको आग्रह



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्राउन सहजीकरण गर्न नेपालकालागि इन्डोनेशियाका राजदूतलाई आग्रह गर्नुभएको छ ।

मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त कुरा बताउनु भएको हो । “प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युततथाअन्य सम्भावितव्यवसायमा इन्डोनेशियाको सरकारी तथानिजी क्षेत्रको लगानीभित्र्याउनतथा नेपालको हिमालीपर्यटनलाई इन्डोनेशियाकापर्यटकबीच प्रवद्र्धन गर्न आग्रहगर्नुभएको छ,”प्रधानमन्त्रीलाई उदृत गर्दै नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले बताए ।

प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेशियाको आवासीयदूतावास स्थापनाका लागि इन्डोनेशियाको सरकारलाई आग्रह गरे । देउवाले इन्डोेनेशियन जनतालाई शान्तिका अग्रदूत गौतम बुद्धको जन्म भूमि लुम्बिनी भ्रमणका लागि समेत आग्रह गरे । उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाको लागि आफू सकारात्मक रहेको बताउदै नेपालका प्रधानमन्त्रीको यो सन्देश इन्डोनेशिया सरकारसँग आफूले पु¥याइदिने बताए ।

राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानीबाहकहरुलाई भिसा सहजीकरणको लागिदुई देशबीच छिट्टै सम्झौताहुने बताए । आगामि अक्टोबर महिनामा इन्डोनेशियामा आयोजना हुन गइरहेको ट्रेड एक्स्पोको प्रवद्र्धनक्रममा नेपालमा रहेका राजदूत सुबोलोले नेपाल र इन्डोनेशिया बिच दुई पक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्न एक्स्पोले महत्वपूर्ण भूमिकानिर्वाह गर्ने बताए ।

“दुई देशबीचव्यापार तथालगानीकाप्रचुर सम्भावनाहरु रहेका छन् । यसलाई थप सहजीकरण गर्दै दुई देशको आपसीफाइदाकालागिकामगर्न इन्डोनेशिया सरकार सकारात्मक छ । यही अक्टोबरमाहुनगइरहेको ट्रेड एक्स्पोले पनियसमाथप सहयोग पुग्नेछ” राजदूत सुबोलोले भने ।

उनले नेपाल भ्रमणका लागि इन्डोनेशियाका पर्यटकलाई सहज वातावरण बनाउन आग्रह गर्दै नेपालीहरुलाई इन्डोनेशिया भ्रमण गर्दा सहजवातावरण बनाउनकालागि अन अराईभल भिसा उपलब्ध गराउने सम्बन्धी काम भइरहेको जानकारी गराए । भेटमा नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल, दूतावास तथा वाणिज्य दूतको कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्