देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ) « Arthapath.com
२८ चैत्र २०७९, मंगलवार

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९÷८० को तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको हो ।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.४४ प्रतिशत रहेकोछ । आयात १९.१ प्रतिशतले, निर्यात २९.१ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले घटेको छ ।

साथै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा १४.८ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.१४८ अर्ब ११ करोडले बचतमा रहेको छ ।

तथ्याङ अनुसार कुल विदेशी विनिमय सञ्चिति रु.१४०१ अर्ब २१ करोड र अमेरिकी डलरमा १० अर्ब ६९ करोड रहेको छ । संघीय सरकारको खर्च रु.७७९ अर्ब २३ करोड र राजस्व परिचालन रु.५८२ अर्ब ७७ करोड रहेकोछ ।


प्रतिक्रिया दिनुहोस्