उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वः यस्तो बन्यो चन्द्र ढकालको महासंघ हाक्ने टिम (मतपरिणामसहित) « Arthapath.com
३० चैत्र २०७९, बिहीबार

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वः यस्तो बन्यो चन्द्र ढकालको महासंघ हाक्ने टिम (मतपरिणामसहित)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व पाएको छ । बिहीवार सम्पन्न महासंघको ५७औं साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व सहित कार्यसमिति पाएको छ ।

महासंघको नयाँ नेतृत्वका लागि चैत २९ गते बुधवार निर्वाचन भएको थियो । चुनावपछि वरिष्ठ उपाध्यक्षसहितको नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगाी कार्यकालका लागि स्वतः अध्यक्ष बनेका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने प्रवाधन छ ।

बरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ

महासंघमा चन्द्र ढकालपछि अध्यक्ष अब अन्जन श्रेष्ठ बन्ने पक्का भएको छ । महासंघको बरिष्ठ उपाध्यक्षमा अन्जनलाई उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले पुरै कार्यकालका लागि छोडिदिने सहमति गरेका हुन् । महासंघ वरिष्ठ उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको थियो । सो पदका लागि अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र सघंईले उम्मेदवारी दिएका थिए । सो पदका लागि भएको पहिलो चरणको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुले ५० प्रतिशत मतभार ल्याउन सकेनन् ।

उनीहरुले ५० प्रतिशत मतभार नपाएपछि बढी मत ल्याउने दुई उम्मेदवार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ बीच फेरि मतदान प्रक्रिया थियो । बरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत, उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत पाएका छन् । थोरै प्रतिशतले मात्र उमेश दोस्रो चरणमा पुगेका हुन् । वरिष्ठ उपाध्यक्षको दौडमा रहेका संघई पहिलो चरणबाटै बाहिरिएका थिए । अन्जन र उमेशबीच निर्वाचन हुने भनिएता पनि लास्ट आवरमा आएर सहमति जुटेको हो ।

उपाध्यक्षमा तीन नयाँ अनुसारः ढकाल, वैध र श्रेष्ठले मारे बाजी

महासंघको उपाध्यक्ष पदमा भने तीन नयाँ अनुहार आएको छ । महासंघको वस्तुगत, जिल्ला नगर तर्फ र एसोसिएटतर्फ उपाध्यक्षको पनि टुंगो लागेको हो ।

वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल, जिल्ला नगर तर्फको उपाध्यक्ष सुरकृष्ण वैध र एसोसिएट तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वार्चित भएका छन् ।

यी हुन् केन्द्रीय सदस्यमा निर्वाचित उम्मेदवारहरु:


प्रतिक्रिया दिनुहोस्