सेयर बजारलाई बिस्तार गर्ने बेला झन जोखिम भार बढाउने काम गरियोः पुर्व अर्थमन्त्री खतिवडा

काठमाडौँ । पुर्व अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई बिस्तार गर्ने बेला झन जोखिम भार बढाउने काम गरिएको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आयोजित नेकपा एमालेसँग निजीक्षेत्र विषयक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
‘बजार माथी गएको बेला जोखिम को व्यवस्था गर्नु पर्ने हो, सेयर बजार लाई बिस्तार गर्ने बेला झन जोखिम भार बढाउने काम गरियो’ खतिवडाले भने ।
उद्योग व्यवसायीको समस्या सुन्ने सरकार अहिले आवश्यक रहेको बताए । ‘अहिलेको अर्थतन्त्रको समस्या समाधान गर्ने उपाय हामीसँग छ’ खतिवडाले भने, ‘अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने चाहाना सरकारको देखिएन ।’
पछिल्लो २ बर्षमा उद्योगि व्यवसायीहरु भयावह भएको उनको भनाइ थियो । ‘अहिले अर्थतन्त्रको समस्याको यथार्थ सरकारले बुझ्नु पर्ने छ । अर्थतन्त्र संकटमा भए तत्काल समाधान गर्नु पर्ने हो । तर सरले ध्यान दिएन’ उनले भने।