ब्रोकर शाखा विस्तारलाई हामीले झन्झटमुक्त बनाएका छौँ, इतिहासले सम्झिने छ: अध्यक्ष हमाल « Arthapath.com
२१ मंसिर २०८०, बिहीबार

ब्रोकर शाखा विस्तारलाई हामीले झन्झटमुक्त बनाएका छौँ, इतिहासले सम्झिने छ: अध्यक्ष हमाल



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ब्रोकरले सरकारी कार्यालयको स्वीकृत बिना नै शाखा खोल्न सकिने व्यवस्था गरिएको बताए । 

उनले माछापुच्छ्रे बैङ्कको सहायक कम्पनी माछापुच्छ्रे सेक्युरिटीज उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले ब्रोकरलाई शाखा खोल्नका लागि झन्झटमुक्त प्रणाली लागू गरिएको बताए । उनले भने,‘अब हामीले कुनै सरकारी कार्यालय स्वीकृति लिन नपर्ने सिस्टम लागु गरेका छौ । १५ दिन भित्र अब ब्रोकरले शाखा बिस्तार गर्ने सक्छन् ।’

यसअघि ब्रोकर शाखा विस्तारका लागि १८/१९ महिना लाग्ने गरेको हमालले बता । यसका साथै सरकारी कार्यालयबाट स्वीकृत लिन पनि झन्झट हुने गरेको उनको भनाई थियो । तर, अब भने यस्ता सबै समस्याको अन्त्य गरिएको हमालले दाबी गरे । 

विभिन्न कानुनी प्रक्रिया र अदालतसँगको समेत सामना गरी यस्तो प्रणाली लागू गरिएको उनले बताए  । आगामी दिनमा ब्रोकरको सेवा विस्तार र गुणस्तरमा सुधार हुने दाबी गरे । 

उनले भने,‘–ब्रोकरमा भएको यो कुरालाई इतिहासले सम्झिने छ । अदालतसँग समेत सामना गरेरै सिस्टम ल्याएका छौँ । अब सेवा विस्तार र गुणस्तरमा समेत सुधार हुन्छ’ उनले थपे,–‘प्रणाली विश्वास गर्नुपर्छ, सधैँ सेवाग्राही ब्रोकर धाउने समयको अन्त्य हो ।’


प्रतिक्रिया दिनुहोस्