संसद अधिवेशन थाल्न शीर्ष नेतासँग वार्ता गर्दै सभामुख, बजेटमा जनप्रतिनिधिको सहभागिता हुने संभावना न्यून « Arthapath.com
२५ बैशाख २०८१, मंगलवार

संसद अधिवेशन थाल्न शीर्ष नेतासँग वार्ता गर्दै सभामुख, बजेटमा जनप्रतिनिधिको सहभागिता हुने संभावना न्यून



काठमाडौं । नयाँ बजेट सार्वजनिक हुनभन्दा करीब दुई साता अघिमात्रै सदनमा बजेटबारे छलफल सुरु हुने भएको छ । मंगलबारबाटै संसदको बजेट अधिवेशन बोलाउने भनिए पनि वैशाख २८ गते शुक्रबारबाट मात्रै अधिवेशन सुरु हुने भएको हो ।

यसका लागि संसद सचिवालयले सम्पूर्ण तयारी पुरा भएको बताएको छ । सदन सञ्चालनका निम्ति प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मंगलबार पाँच राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् ।

यसअघिको हिउँदे अधिवेशनमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी घोटलामा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको थियो । कांग्रेसले बजेट अधिवेशनका क्रममा पनि त्यस्तो अवरोधलाई निरन्तरता दिने बताउँदै आएको छ ।

यस्तो परिवेशमा घिमिरेले नेताहरुसँग छलफल गर्न लागेका हुन् । नयाँ बजेट आउन दुई साता हाराहारीमात्रै समय बाँकी छ । यसबीचमा राष्ट्रपतिले संयुक्त संसदमा सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्नुपर्ने आवस्यकता छ ।

तर संसद अवरुद्ध रहिरहने हो भने जनप्रतिनिधिले बजेटका सन्दर्भमा छलफल गर्न नपाउने भनेर सभामुख घिमिरेले सक्रीयता देखाएका हुन् ।


प्रतिक्रिया दिनुहोस्