सम्पत्तीको मूल्य ५० प्रतिशत घटिसक्यो, अब केही ठूलो परिवर्तन ल्याउनु पर्यो : चेम्बर « Arthapath.com
२७ बैशाख २०८१, बिहीबार

सम्पत्तीको मूल्य ५० प्रतिशत घटिसक्यो, अब केही ठूलो परिवर्तन ल्याउनु पर्यो : चेम्बर



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले घरजग्गाको मूल्यमा आएको कमीले निजी क्षेत्रका व्यवसायीको सम्पत्तीमा भारी कटौति भएको बताएका छन् । उनले विहीबार आयोजित पूर्व बजेट छलफलका क्रममा यस्तो बताएका हुन् ।

‘अहिले देशैभरी जग्गा बेच्नेहरुमात्रै छन्, किन्ने मान्छे कोही छैन’ उनले भने, ‘हाम्रो सम्पत्तीको मूल्य ५० प्रतिशत घटिसकेको छ ।’ उनले यस्तो बेला निजी क्षेत्रले राज्यको संरक्षण खोजेको बताए । राज्यले संरक्षण नगर्ने हो भने अहिलेको मन्दिबाट बाहिर आउनसक्ने अवस्था नै नभएको उनको भनाइ थियो ।

हरेक दिन औसतमा सय जा व्यवसायीहरु कालोसूचीमा पर्ने सिलसिला चलेको बेलामा राज्यले विशिष्ट खालको नीति बनाएर अर्थतन्त्र चलायमान पार्नुपर्ने उनले बताए ।

विगतमा भूकम्पपछि सकारात्मक नीतिहरुमार्फत् उच्च आर्थिक बृद्धिको बाटोमा गएको अर्थतन्त्र कोभीडका बेला डगमगाए पनि त्यसपछि पुनः पहिलेकै रफ्तार लिन थालेको उनको बुझाइ छ । तर एक्कासी नेपाल राष्ट्र बैंकले गलत किसिमले संकुचित मौद्रिक नीति अपनाएका कारण अर्थतन्त्र कमजोर हुन पुगेको उनले दाबी गरे ।

यसरी आफ्नै आन्तरिक कारणले अर्थतन्त्रको विस्तार कमजोर भएका कारण अब आन्तरिक नीतिगत बदलावबाटै यसलाई सुल्झाउनु पर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्