बजेटबाट निराश क्रसर उद्योगीले दिए हडतालको चेतावनी, उद्योग नवीकरण गरिदिन ९ दिनको अल्टिमेटम
काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले क्रसर उद्योगीहरुलाई कुनै पनि सम्बोधन नगरेको बताएका छन् ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा क्रसर खानी तथा बालुवा उद्योग नविकरण सम्वन्धी कुनै पनि सम्बोधन नभएपछि उद्योगीहरु निराश बनेका हुन् । बुधार पत्रकार सम्मेलन गर्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले क्रसर उद्योगलाई सकारले बेवास्ता गरेको बताएको छ ।
नेपालको स्वदेशी लगानी र स्वदेशी कच्चा पदार्थबाट संचालित देशको अर्थ व्यवस्थामा उल्लेखनीय योगदान पुयाईरहेका आवश्यक निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरुलाई सरकारले प्राथमिकतामा नराखेको उनीहरुको भनाई छ ।
उद्योगहरु लामो समयदेखि नविकरण नभएकाले क्रसर, बालुवा प्रशोधन तथा खानी उद्योगहरुले सरकारलाई बुझाउनुपर्ने कर दस्तुर तिर्न तयार भएको उनीहरुको भनाई छ । यसका साथै कर दस्तुर लिने व्यवस्था लिमाई उद्योगहरु नविकरण गर्न सम्वन्धित मन्त्रालयहरुलाई ध्यानाकर्षण गराएका छन् । विगत १० वर्षदेखि सरकारबाट जारी भएका अव्यवहारिक निर्णयहरुको कारण क्रसर, खानी तथा बालुवा उद्योगहरुले नविकरण सम्वन्धी निरन्तर समस्या झेल्दै आएका थिए । तर, २०७९ माघ ११ गते बसेको मन्त्रीपरिषदको बैठकले पनि दर्ता भई संचालनमा रहको तर मापदण्ड लगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा ती उद्योगहरुबाट कानून बमोजिम लाग्ने कर, दस्तुर, शुल्क लगायतका राजश्व लिई २०८० असार मसान्तसम्म यथावत रुपमा संचालन गर्ने लिखित दिर्नेशन जारी भएको थियो । तर, सो निर्णयअनुसार सरकारले तोकिएको निकायबाट हालसम्म पनि किुनै निर्देशन कार्यन्वयन नभएर उद्योगहरु नविकरण नभएको महासंघका अध्यक्ष सीताराम न्यौपानेले बताए ।
यस्तो थियो २०७९ माघ ११ गतेको मन्त्रिपरिषदको निर्णय
अध्यक्ष न्यौपाने र महासचिव पुरुषेत्तम रेग्मीको हस्ताक्षरसहित जारी विज्ञप्तिमा भनिएको छ,‘ हाम्रा उद्योगी व्यवसायीहरु जिल्ला जिल्लामा रहेका सरकारको सम्वन्धित निकाय घरेलु तथा साना उद्योग कार्यालयमा कर, दस्तुर, शुल्क लगायतका राजश्व रकम बुझाउन जाँदाद पत्रमा नविकरणको भाषा स्पष्ट नभएको कारण जनाई रकम बुझ्न नमोनेको र उद्योगहरु नविकरण भएको छैनन् । सरकारलाई तिर्नुपर्ने कर दस्तुर तिर्न तयार भएकाले उद्योगहरु नविकरण गर्न सम्वन्धित मन्त्रालयहरुलाई ध्यानाकर्षण गराउँदछौं ।’
उनीहरुले आगामी जेठ ३१ गतेभित्र उद्योग नविकरण नगरे हडताल गर्ने चेतावनी दिएका छन् । क्रसर, खानी ताथ बालुवा उद्योगहरु तोकिएको समयमा नविकरण गर्न लिखित स्पष्ट निर्देशन तथा निर्णय नभएको खण्डमा असार १ गतेदेखि हडताल गर्ने चेतावनी दिएका हुन् । महासंघले देशभरका सम्पूर्ण उद्योगहरुको उत्पादन तथा बिक्री वितरण ठप्प पारि अनिश्चिकालको लागि बन्द गर्ने निर्णय गरेको छ । यसका साथै उद्योगहरुको ताला चाबी सरकारलाई बुझाएर उद्योगहरुमा भएका गाडी, मेशिनरी औजर, हेवी इक्विपमेन्ट र मजदुरसहित राजमार्गमा विरोध प्रदर्शन गर्ने महासंघले जनाएको छ ।