मुलुकभित्रै रोजगारीका अवसर सृजना गर्न जोड दिनुपर्छ : प्रधानमन्त्री ओली « Arthapath.com
२६ फाल्गुन २०८१, सोमबार

मुलुकभित्रै रोजगारीका अवसर सृजना गर्न जोड दिनुपर्छ : प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सृजना गर्न निजी क्षेत्रको महत्व रहेको बताएका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्वपूर्ण हुने बताएका हुन् ।

उनले विदेशका विभिन्न मुलुकमा गएर नेपालीहरुले श्रम गर्ने तर स्वदेशमा रोजगारीका अवसर सृजना नहुने हो भने अर्थतन्त्रको उत्थान नहुने भएकाले विज्ञान प्रविधिको भरपुर उपयोग गरेर उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताए । उनले विश्व बजारमा प्रतिस्पर्धी हुन सक्ने दक्ष जनशक्ति र धेरै भन्दा धेरै रोजगारी स्वदेशभित्रै सृजना गर्न लाग्नुपपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सीप विकास प्रतिष्ठान र रोजगारदाता कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एकीकृत श्रम बजार सूचना प्रणाली विस्तारका लागि श्रम तथा रोजगार मन्त्रालय र स्वीस एजेन्सीबीच समझदारीपत्रमा हस्ताक्षर भएको  छ ।

प्रधानमन्त्री ओलीले बैंकहरूले अप्ठ्यारोमा परेका ऋणीहरूलाई सहयोग कठोर व्यवहार नगर्न बैंकलाई आग्रह गरेका छन् । उद्योगी व्यवसायीहरू आर्थिक कठिनाइमा पर्दा बैंकहरू उनीहरूबाट तत्काल असुली गर्न केन्द्रित हुने प्रवृत्ति रहेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्तो व्यवहार परिवर्तन गर्न सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस्