१४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?  « Arthapath.com
८ असार २०८३, सोमबार

१४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य १४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँ रहेको सुन आज बढेर २ लाख ८८ हजार ७०० रुपैयाँ पुगेको छ । 

महासंघका अनुसार आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस्