अर्थतन्त्र लयमा फर्काउन निजी क्षेत्रको योगदान महत्वपूर्ण : मन्त्री भण्डारी « Arthapath.com
२८ चैत्र २०८१, बिहीबार

अर्थतन्त्र लयमा फर्काउन निजी क्षेत्रको योगदान महत्वपूर्ण : मन्त्री भण्डारी



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले विदेशी लगानी आकर्षित गर्ने विशेष पहलहरु गरिरहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ ५९औं वार्षिक साधारणसभा एवं उद्योग दिवस–२०८१ को अवसरमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उनले महासंघले राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताए । कोभिड १९ महामारीले सिर्जना गरेको अवरोध र भूराजनीतिक अवस्थाका कारणले नेपाली अर्थतन्त्रमा केही दबाब महसुस भएको उनको भनाई छ ।

सरकारले लगानीमैत्री वातावरण बनाउन लगानी सम्मेलनका बेला आठ वटा कानुन परिमार्जन गरेको पनि स्मरण गराउँदै त्यसको कार्यविधि समेत बनाएको उनले बताए ।

त्यसपछि केही समयअघि मात्रै २९ वटा थप कानुन हामीले सुधार गरेर लगानी आकर्षित गर्ने सहज वातावरण बनाएको उनले बताए । सरकारले औद्योगिक पूर्वाधार विकासमा विशेष जोड दिएको उनको भनाइ छ ।

उत्पादन र उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर हामीले नीतिगत सुधार अगाडि बढाएका समेत उनले जानकारी दिए।

नेपालको अर्थतन्त्रलाई लयमा फर्काउन निजी क्षेत्रको आफ्नो ठाउँबाट महत्वपूर्ण योगदान हुने उनको विश्वास थियो । बजेट निर्माणमा उद्योग वाणिज्य महासंघले पनि महत्व सुझाव दिने अपेक्षा समेत राखे ।


प्रतिक्रिया दिनुहोस्