राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम आगामी शुक्रबार सार्वजनिक हुँदै « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम आगामी शुक्रबार सार्वजनिक हुँदै



काठमाडौँ । आगामी आर्थिक वर्षका लागि गठबन्धन सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते सार्वजनिक हुने भएको छ । त्यस दिन संसदका दुबै सदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका बनेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले त्यस विषयमा राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र सभासमक्ष वाचन गरेर जानकारी दिए ।

संसद सचिवालयले आगामी शुक्रबार दिउँसो ३ बजे दुबै सदनको संयुक्त बैठक डाकेको छ । यस निम्ति सभामुख घिमिरेले शुक्रबार अपराह्न २ः ४५ भित्र निर्धारित पोशाकमा सदनमा उपस्थित भइसक्न सांसदहरुलाई आग्रह मंगलबार नै आग्रह गरिसकेका छन् ।

त्यसै दिन संसदका दुई सदनको अलग–अलग बैठकको कार्यतालिका पनि प्रकाशित भएको छ । संसद सचिवालयका अनुसार संयुक्त बैठक अघि दिउँसो १ः १५ बजे राष्ट्रिय सभा र साँझ ५ बजे प्रतिनिधि सभाको बैठक डाकिएको छ ।

तर राष्ट्रपतिले भाषण गर्ने बेला भने दुबै सभाका सांसदहरु प्रतिनिधि सभाको हलमा जम्मा हुने छन् ।

नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनका संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने व्यवस्था छ ।

उक्त नीति तथा कार्यक्रमको मार्गदर्शनमा रहेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने छ । जुन आगामी जेठ १५ मा संसदको यस्तै संयुक्त बैठकमै प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्