सेयर बजार सरकारको प्राथमिकतामा, बोर्डले इन्साइडर ट्रेडिङ र अपारदर्शी काम रोक्नुपर्छ : अर्थमन्त्री « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सेयर बजार सरकारको प्राथमिकतामा, बोर्डले इन्साइडर ट्रेडिङ र अपारदर्शी काम रोक्नुपर्छ : अर्थमन्त्री



काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारप्रति सरकार सकरात्मक रहेको बताए ।

नेपाल धितोपत्र बोर्डको ३३औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

बजेटमा पनि पुँजी बजारलाई प्राथमिकता थिइएको उनको भनाई छ । धितोपत्र बोर्ड कुनै पनि प्रभाव र दबाबमा पर्न नहुनेमा उनले जोड दिए । उनले सरकार पुँजी बजारको विकास र विस्तारमा सँधै सकारात्मक रहेको जानकारी गराए ।

बोर्ड सँधै इन्साइडर ट्रेडिङको विरुद्ध हुनुपर्ने बताए । बजारको बेथिती र अनियमिता विरुद्ध बोर्डले काम गर्नुपर्ने उनको भनाई छ ।

बोर्डले कसैको दबाब र प्रभावमा नपरि लगानीकर्तालाई लगानीको सचेतना प्रदान गर्नुपर्नेमा जोड दिए । ‘सेयर बजारमा भित्री कारोबार गर्नेलाई काराबाही गर्नुपर्छ । बेथिति, अनियमिताको विरुद्धमा बोर्डले काम गर्नुपर्छ । सरकारले बजेट मार्फत पुँजी बजारको सुधारलाई प्राथमिकता दिइएको छ’, अर्थमन्त्री पौडेलले भने ।

राम्रो कामलाई प्रोत्साहन गरि गलत गर्नेलाई कारबाही हुनुपर्नेमा पौडेलले जोड दिए ।


प्रतिक्रिया दिनुहोस्