नेपाल–चीन व्यापार सहजीकरण बैठकका एजेण्डा स्वीकृत, वार्ता टोली गठन « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

नेपाल–चीन व्यापार सहजीकरण बैठकका एजेण्डा स्वीकृत, वार्ता टोली गठन



काठमाडौं । नेपाल–चीन सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३औं बैठकमा छलफल हुने एजेण्डा स्वीकृत गरिएको छ ।

आगामी असार २ गतेदेखि ६ गतेसम्म चीनको सिजाङ (तिब्बत) प्रदेशको ल्हासामा हुने उक्त बैठकका लागि नेपाल सरकारले तयारी थालेको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बैठकका लागि छलफलका एजेण्डा स्वीकृत गरेको छ । यसका साथै बैठकमा नेपालको तर्फबाट सहभागिता जनाउने वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

वार्ता टोलीमा भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन गरिने भएको छ । बैठकमा दुई देशबीचको सीमापार व्यापारलाई अझ सहज र प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस्