नेकपा एमाले धादिङ प्रथम प्रतिनिधि परिषद्  « Arthapath.com
७ असार २०८२, शनिबार

नेकपा एमाले धादिङ प्रथम प्रतिनिधि परिषद् 



धादिङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले), धादिङ नवौँ जिल्ला अधिवेशन पश्चात् प्रथम प्रतिनिधि परिषद् धादिङ बेसीमा सुरु भएको छ । 

नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमको नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका छन् । 

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष त्रिपाठीले पार्टीको सङ्गठन,  सदस्यता तथा जिल्लामा अन्य पार्टीको उपस्थितिको विश्लेषण सहितको  राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस  गरे । एमालेले बैंकिङ कारोबार मात्र  गरेको, भौचर  उठाएको र स्पष्ट आर्थिक गतिविधि रहेको जानकारी दिइयो । 

नेकपा एमाले धादिङ लेखा आयोगका उपाध्यक्ष गोकर्ण दुवाडीले आर्थिक प्रतिवेदन पेस गरे । 

उद्घाटन समारोहमा नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनी,  जानुका सिम्खडा, केन्द्रीय सल्लाहकार परिषद् सदस्य जगन्नाथ नेपाल, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाल लगायतको उपस्थिति रहेको छ । 

प्रतिनिधि परिषद्मा एमालेका पुराना नेताहरूलाई १३ पालिकाका २६ जनालाई सम्मान गरेको नेकपा एमाले सचिव राधिका सापकोटाले जानकारी दिइन ।


प्रतिक्रिया दिनुहोस्