दुरसंचार प्राधिकरणको अध्यक्षमा खनाल « Arthapath.com
२० श्रावण २०७६, सोमबार

दुरसंचार प्राधिकरणको अध्यक्षमा खनाल



नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा कार्यबाहकको जिम्मेवारी सम्हाल्दै आएका पुरुषोत्तम खनाल नियुक्त भएका छन । मन्त्रीपरिषदले गरेको निर्णय सुनाउदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रबिधि मन्त्री गोकुल बास्कोटाले खनाललाई अध्यक्षमा नियुक्त गरिएको जानकारी दिएका छन।

प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झाले ६ महिना अघि राजिनामा दिएपछि खनालले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सर्ट्लिस्टमा पर्ने आवेदक मध्ये खनाल एक हुन।

प्राधिकरणका वरिष्ठ निर्देशक हुँदा खनाल प्रशासन महाशाखा प्रमुख थिए। उनलाई ६ महिनाका लागि कार्यवाहक अध्यक्षको रुपमा नियुक्त गरिएको थियो। खनालको कार्यवाहक अध्यक्षको म्याद आगामी २४ गते सकिदै थियो।

Tags :

प्रतिक्रिया दिनुहोस्