सुन तस्करी गर्ने भारतिय नागरिक मोरङवाट पक्राउ « Arthapath.com
२१ माघ २०७६, मंगलवार

सुन तस्करी गर्ने भारतिय नागरिक मोरङवाट पक्राउ



काठमाडौं । सुन तस्करी गरिरहेका १ जना सीमा क्षेत्रबाट पक्राउ परेका छन् । मोरङ प्रहरीले आइतबार ९२ दशमलव ५२ ग्रामसहित ६२ वर्षीय चन्दन भौमिक नामका एक भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ । उनी भारतको विहार राज्यस्थित कटिहार ग्राम पञ्चायतका स्थायी नागरिक भएको खुलेको छ ।
उनलाई विराटनगर महानगरपालिका वडा नं. १७ मा पर्ने रानी भन्सार गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीसित सुनका दुई वटा चुरा बरामद गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्