कामना सेवाकोे प्रदेश ५ मा ११८ औं शाखा सञ्चालन « Arthapath.com
२२ माघ २०७६, बुधबार

कामना सेवाकोे प्रदेश ५ मा ११८ औं शाखा सञ्चालन



काठमाडौं ।कामना सेवा विकास बैंकले प्रदेश ५ मा आफ्नो ११८ औं शाखा सञ्चालनमा ल्याएको छ । देशका विभिन्न स्थानमा शाखा विस्ता गर्ने क्रममा रुपन्देहीको बुटवल उपनगरपालिका ११ स्थित होराइजन चोकमा मंगलवार शाखा सञ्चालन गरेको हो । विशेष कार्यक्रमको आयोजना गरि प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त र रुपमा शाखा उद्घाटन गरेका हुन् ।

कामना कामना सेवा विकास बैंकका देशभरि यो लगायत १ सय १८ शाखा रहेका छन् भने काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रिय कार्यालय रहेको छ । कामना सेवा बैंकले ६२ वटा ATM मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

साथै बैंकले ABBS, Internet Banking, Mobile Banking V5 लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्