नेपालमा २८.६ प्रतिशत गरिबी, कर्णालीमा सबैभन्दा बढि « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

नेपालमा २८.६ प्रतिशत गरिबी, कर्णालीमा सबैभन्दा बढि



काठमाडौं । कर्णालीमा वर्षेनी करिब २५ हजार बढी मेट्रिक टन खाद्यन्न आयात हुने गरेको छ । सरकारी तथ्यांक अनुसार कर्णालीमा ५१ प्रतिशत गरिबी छ । ४१ प्रतिशत जनशक्ति मात्रै आर्थिक क्रियाकलपामा सक्रिय छन् भने ५९ प्रतिशत युवाहरु सबै विदेश गएका छन ।

कर्णालीको गरिबी दर ५१ प्रतिशत रहेको कर्णाली प्रदेशस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिले जनाएको हो । बहुआयामिक गरिबी दर भन्नाले गरिबी दरका साथै कमजोर शिक्षा, स्वास्थ्य र बाल मृत्युदरसमेत समावेश गरिएको तथ्यांक हो । प्रयाप्त खाद्यन्नको अभाव, पोषणको अभाव, चेतनाको कमी, बालबिवाह, सानैमा बच्चा जन्माउने लगायत धेरै कारण रहेका छन् ।

मुलुकको गरिबी दर २८ दशमलव ६ प्रतिशत रहेका बेला कर्णालीको ५१ प्रतिशत रहेको पाइएको छ ।
तथ्यांक अनुसार कर्णालीबाहेक मुलुकको सबैभन्दा कम गरिबी भएको प्रदेश बागमती हो । यो प्रदेशको गरिबी दर १२ दशमलव २ प्रतिशत छ । भने, दोस्रो न्यून गरिबी भएको क्षेत्रमा गण्डकी प्रदेश हो । यो प्रदेशको १४ दशमलव २ प्रतिशत गरिबी दर रहेको छ । त्यस्तै प्रदेश नं.२ मा ४७ दशमलव ९ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ३३ दशमलव ६ प्रतिशत र प्रदेश–५ मा ३९ दशमलव ९ गरिबी दर रहेको छ ।


प्रतिक्रिया दिनुहोस्