सिपी मैनाली चढेको जिप दुर्घटना, अवस्था गम्भीर « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सिपी मैनाली चढेको जिप दुर्घटना, अवस्था गम्भीर



नेकपा मालेका महासविच सिपी मैनाली चढेको गाडी बिहीबार महोत्तरीको बर्दीवासमा दुर्घटना भएको छ। दुर्घटनामा परी मैनाली, उनकाका छोरा, बुहारी, नाती र चालकसमेत पाँच जना घाइते भएका छन्।

मैनाली चढेको बा४च २१२० नम्बरको गाडी र विपरीत दिशाबाट आइरहेको ना४ख ७६६८ नम्बरको भ्यान ठोक्किएका थिए।

गम्भीर अवस्था रहेको उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजन चापागाईले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्