बलात्कार आरोपी सिद्धबाबा जेल चलान « Arthapath.com
२० फाल्गुन २०७६, मंगलवार

बलात्कार आरोपी सिद्धबाबा जेल चलान



काठमाडौं । बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । गिरीले जिल्ला अदालत सुनसरीमा मंगलवार आत्मसमर्पण गरेका हुन । जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेपनि उच्च अदालत विराटनगरले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो ।

सोही आदेशपछि पक्राउ पर्ने डरले सिद्धबाबा अदालतमा हाजिर भएका हुन । अदालतमा आत्मसमर्पणपछि उनलाई झुम्का कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० विनोद शर्माले लोकान्तरलाई जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्