खाना महोत्सवमा ३० लाखको कारोबार, ४० हजारभन्दा बढीले अवलोकन गरे « Arthapath.com
२१ फाल्गुन २०७६, बुधबार

खाना महोत्सवमा ३० लाखको कारोबार, ४० हजारभन्दा बढीले अवलोकन गरे



काठमाडौं । कैलाली होटल व्यवसायी संघले आयोजना गरेको प्रथम सुदूरपश्चिम खाना महोत्सवमा ३० लाखभन्दा बढी रकमको कारोबार भएको छ । खाना महोत्सवमा एक सातामा ३० लाखभन्दा बढी रकमको सुदूरपश्चिमका मौलिक खानाका परिकारहरू बिक्री भएको आयोजक संघले जनाएको छ ।

महोत्सवमा ४० हजारभन्दा बढी दर्शकहरूले महोत्सव अवलोकन गरेको संघले जनाएको छ ।

‘मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना’ फागुन १४ गतेदेखि महोत्सव आयोजना गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्