पश्चिमसेती आन्तरीक लगानीमै निर्माण गर्न पूर्व प्रधानमन्त्री देउवाको सुभाव « Arthapath.com
२१ फाल्गुन २०७६, बुधबार

पश्चिमसेती आन्तरीक लगानीमै निर्माण गर्न पूर्व प्रधानमन्त्री देउवाको सुभाव



काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिमसेती जलविद्युत आयोजना सुदूरपश्चिम प्रदेशका जनताले नै बनाउन सक्ने बताए । सुदूरपश्चिम प्रदेशका जनताले पनि लगानी गर्न सक्ने भन्दै अब बिदेशीको मुख ताक्नु नपर्ने देउवाले बताए । आन्तरीक लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने र नाफा पनि आफैले लिनुपर्नेमा उनले जोड दिए ।

विश्व नेपाली साहित्य महोत्सव मंगलबार समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अन्य कुराहरुमा पछाडी परेको भएपनि भाषा संस्कृतिको हकमा सुदुरपश्चिम प्रदेशलाई कमजोर ठान्नु उचित नहुने उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले बताए ।

फागुन १४ गतेदेखी सुरु भएको विश्व नेपाली साहित्य महोत्सव मंगलबार सम्पन्न भएको छ । महोत्सव संसारभर छरिएर रहेका सम्पुर्ण नेपालीहरुलाई एकताको डोरीमा बाँध्न टेवा पुर्याउने सुुदुरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोसीले बताए । महोत्सव आयोजनाले सुदुरपश्चिमको समग्र पहिचानलाई विश्वभरी चिनाउन र यस क्षेत्रका साहित्यकार तथा विभिन्न विद्धानहरुका अनुभवहरुलाई समेट्न पनि महत्वपुर्ण भुमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्