होटल एम्बेस्डरको ४२ औं स्थापना दिवश सम्पन्न « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

होटल एम्बेस्डरको ४२ औं स्थापना दिवश सम्पन्न



काठमाडौं । हामी अहिले एसिई होटल्सद्धारा संचालित होटल एम्बेस्डरको तेस्रो पुःनरागमन तथा ४२ औं स्थापना दिवश मनाईएको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ

सेवा उद्योगको प्रतिष्ठित नाम एसिई होटल्सद्धारा संचालित एम्बेस्डर काठमाडौको लैनचौरमा रहेको चारतारे सुविधा सम्पन्न बुटिक होटल हो । यसले आफ्ना पाहुनालाई राम्रो वातावरण र सम्पूर्ण शहरी सुविधा उपलब्ध गराउँदै आएको छ । यसमा विभिन्न दर र सुविधा भएका ७२ कोठा, दुई उपहार पसल, एक सभा हल, दुई मिटिङ हल र लामरी बेकरी पसल छ ।

होटलले संचालन गर्ने कोतेत्सु रेष्टुरेन्ट जावानीज खान मन पराउने माझ लोकप्रिय छ । त्यक्ति मात्रै होइन होटलले आफ्ना पाहुनालाई काठमाडौको बसाईमा स्वास्थ्य अझ सबल बनिरहोस भनेर योगा तथा मुटु सुरक्षा बारे सचेतना कक्षा समेत संचालन गर्ने गरेको छ ।

एसिई होटल अन्तर्गत क्लब हिमालयन र होटल एम्बेस्डर गरी दुई होटल संचालनमा रहेका छन् । होटल एम्बेस्डर मा मात्रै हामीले करिब एक सय करोड लगानी रहेको छ ।

त्यस बाहेक पनि सिई कन्सट्रक्सनसंगको साझेदारीमा लुम्बिनी र नगरकोटमा होटल हब संचालन गर्ने समझदारी समेत भएको छ ।

४२ वर्ष पहिले नै पश्चिमा शैलीको अत्याधुनिक सुविधासम्पन्न ४ कोठे भवनबाट शुरु भएको थियो । त्यही जगमा उभिएर हामीले व्यवसायलाई निरन्तरता दिँदै आएको छ ।

होटल तथा सेवा उद्योगको अपार सम्भावना देखेपछि शाक्यले आफ्नो चार कोठे घरलाई दश कोठा विस्तार गरी १९७८ मा एम्बेस्डर होटलका नाममा दर्ता गराएका थिए । दर्तासंगै मुख्य भवनको दुवैतपर्फ थप संरचना पनि थप्दै लगिएको थियो ।


प्रतिक्रिया दिनुहोस्