अनावश्यक ग्याँस सिलिण्डर खरिद नगर्न निगमको आग्रह « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

अनावश्यक ग्याँस सिलिण्डर खरिद नगर्न निगमको आग्रह



काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्याँसको अभाव नभएको जनाएको छ । बजारमा ग्याँसको अभाव भएको भन्दै गलत प्रचार गरिएकाले बजारमा कुनैपनि किसिमको अभाव नरहेको जानकारी दिएको छ ।

माशिक ३८ हजार मेट्रिक टन खपत हुँदै आएको एलपी ग्याँस यसै महिनादेखी निगमले ४५ हजार मेट्रिक टन आपूर्ति गर्ने गरि तयारी मिलाईसकेको छ । कोरोना भाईरसका कारणले सर्वसाधारणलाई कुनैपनि किसिमको अभाव नहुने बताएको छ ।

बजार मूल्य भन्दा बढि पैसा तिरेर ग्याँस खरिद नगर्न निगमले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्