चेम्बर अफ कमर्सद्धारा कोरोना रोकथामको लागि उपकरण हस्तान्तराण « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

चेम्बर अफ कमर्सद्धारा कोरोना रोकथामको लागि उपकरण हस्तान्तराण



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाईरस (कोभिड १९)को रोकथा तथा न्यूनिकरण गर्नको लागि उपकरण तथा माक्सहरु हस्तान्तराण गरेको छ । पछिल्लो समय विश्वभरि यसको संक्रमण फैलिरहेको र बजारमा माक्स लगायतको अभाव भईरहेकाले बेला चेम्वर अफ कमर्सले हस्तान्तरण गरेको हो । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल र टेकु अस्पातललाई केहि उपकरण र सामाग्री हस्तान्तरण गरिएको हो ।

आज कार्यालयमा कार्यक्रम गरि नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ लगायत कार्यसमितका सदस्यहरुको उपस्थितीमा हवाई उड्यन कार्यालय त्रिभुवन विमानस्थलका महाप्रवन्धक दिपेन्द्र के.सि र निर्देशक देव चन्द्रलाल कर्ण, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. राजेश कुमार शाहलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्