कोरोना बालबालिका भन्दा बृद्धहरुलाई खतरा हुन्छः डा. श्रेष्ठ « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कोरोना बालबालिका भन्दा बृद्धहरुलाई खतरा हुन्छः डा. श्रेष्ठ



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाईरस (कोभिड १९)को रोकथा तथा न्यूनिकरण गर्नको लागि उपकरण तथा माक्सहरु हस्तान्तराण गरेको छ । पछिल्लो समय विश्वभरि यसको संक्रमण फैलिरहेको र बजारमा माक्स लगायतको अभाव भईरहेकाले बेला चेम्वर अफ कमर्सले हस्तान्तरण गरेको हो । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल र टेकु अस्पातललाई केहि उपकरण र सामाग्री हस्तान्तरण गरिएको हो ।

आज कार्यालयमा कार्यक्रम गरि नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ लगायत कार्यसमितका सदस्यहरुको उपस्थितीमा हवाई उड्यन कार्यालय त्रिभुवन विमानस्थलका महाप्रवन्धक दिपेन्द्र के.सि र निर्देशक देव चन्द्रलाल कर्ण, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. राजेश कुमार शाहलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा वोल्दै चेम्वरका अध्यक्ष श्रेष्ठले बजारमा माक्सको कृतिम अभाव भईरहेकाले दैनिक १५ हजारका दरले माक्स उत्पादन गरिरहेको र यसलाई विस्तारै थप्दै डवल बनाउने बताए । उनले सर्वसाधारणलाई मर्का नपर्न गरि सर्वसुलभ मूल्यमा माक्स बिक्री गर्ने प्रतिबद्धता जनाए । हालको लागि दुई ठाउमा मात्रै सहयोग गरेपनि यसलाई बढाएर देशभरि नैअगाडी बढाउने उनले बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. राजेश कुमार शाहले कुनैपनि ब्यक्ति संकास्पद लागेमा तत्काल उपचारको दायरामा ल्याउनुपर्ने बताए । संकास्पद ब्यक्तिहहरुको स्वास्थ परिक्षण गर्दा हालसम्म नेपालमा कोहि पनि पोजेटिभ नदेखिएको उनले जनाए । प्राय यो रोग बृद्धहरुलाई बढि लाग्ने भएकाले यसबाट सचेत रहन उनले आग्रह गरे ।

साथै कोरोना भाइरसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न यस संस्थाको तर्फबाट सहजीकरणका लागि चेम्बरका उपाध्यक्ष दिपक कुमार मलहोत्राको संयोजकत्वमा कोरोना भाइरस प्रकोप नियन्त्रण सहजीकरण समिति गठन गरिएको थियो । उक्त समितिमा चेम्बरका कार्य समिति सदस्यमा मृगेन्द्र मेहर श्रेष्ठ, नवराज ढकाल, दिपक श्रेष्ठ, दीपक कुवर, देवेन्द्र भक्त श्रेष्ठ, सुरेन्द्र शारदा, संजय अग्रवाल, त्रिभुवनधर तुलाधर, राजु श्रेष्ठ, अजुन शर्मा, ज्योति प्रकाश पाण्डे र आनन्द कुमार अग्रवाल बगारीय समावेश हुनु भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका सदस्य तथा सामाजिक तथा स्वास्थ्य समितिका सभापति मृगेन्द्र मेहर श्रेष्ठले बजारमा औषधीको अभाव छैन । बजारमा करिब तीन महिना सम्मको लागि पुग्ने औषधी उपलब्ध रहेको बताए ।

Corona bat bachne

Posted by arthapath.com on Sunday, March 8, 2020

स्वाथ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठले कोरोना भाइरसको प्रकोपबाट बच्न सबै जना एक जुट भएर लाग्नुपर्न बताए । बच्चामा यो रोग लागे भने सक्रमणको दर कम रहेको तर बृद्धबृद्धाहरुमा लागेमा खतरा बढि रहेको उनले बताए । यसबाट बढि घातक रोग लागेका विरामीलाई बढि घातक हुन सक्ने उनले बताए ।

Corona bat bachne

Posted by arthapath.com on Sunday, March 8, 2020


प्रतिक्रिया दिनुहोस्