अनावश्यक ग्यास भण्डारण नगर्न आयल निगमको आग्रह « Arthapath.com
२६ फाल्गुन २०७६, सोमबार

अनावश्यक ग्यास भण्डारण नगर्न आयल निगमको आग्रह



काठमाण्डौ । नेपाल आयल निगमले ग्यासको अभाव नहुने भएकाले एकैपटक धेरै भण्डारण नगर्न आग्रह गरेको छ ।

निगमले सूचना निकालेर उपभोक्ताले ग्यास अभाव हुने डरका कारण घरमा रहेका सबै खाली सिलिण्डर भर्न खोज्दा उपभोक्ताको लाईन देखिएको भन्दै ग्यास अभाव नहुने बताएको छ ।

अहिले खाना पकाउने ग्यास उपभोगको औषत परिमाण ३८ हजार मेट्रिक टन रहेकोमा फागुन महिनादेखि ४५ हजार मेट्रिक टनका दरले आपूर्ति गर्ने व्यवस्था मिलाईसकेको निगमले बताएको छ ।

औषतभन्दा ७ हजार मेट्रिक टन ग्यास थप आयात हुने भएकाले बजारमा ग्यासको अभाव नहुने निगमको भनाई छ । अनावश्यक ग्यास भण्डार गर्दा बजारमा लाइन लाग्नुपर्ने अवस्था हुने, तथा दुर्घटनाको सम्भावना पनि बढ्ने र आपूर्ति व्यवस्था असहज हुने हुँदा आफ्नो आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र आवश्यक बाहेक नयाँ सिलिण्डर नकिन्न पनि निगमले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्