नागरिकतादेखि विवाह दर्तासम्मको किर्तेः पूर्व गाविस सचिवको धन्दा « Arthapath.com
२६ फाल्गुन २०७६, सोमबार

नागरिकतादेखि विवाह दर्तासम्मको किर्तेः पूर्व गाविस सचिवको धन्दा



काठमाडौं । नक्कली नागरिकता लगायत विभिन्न सरकारी कागजात किर्ते गरेको आरोपमा पूर्व गाविस सचिव पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ रामनगरी बस्ने ६० वर्षका बिन्दा प्रसाद साह रहेका छन ।

साहले मोटो रकम लिएर नक्कली नेपाली नागरिकता, जन्मदर्ता, मुत्यु दर्ता, बसाइसराइ, विवाह दर्ता लगायतका विभिन्न सरकारी कागजातहरु बनाउने गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले साहलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित फुलबारी टोलबाट पक्राउ गरेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन ।

पक्राउ परेका साहको साथबाट नेपाली नागरिकताहरु, नागरिकता बनाउन प्रयोग हुने फोटो टासी तयारी गरेका अनुसुची–१ का फारमहरु, जन्मदर्ता, मुत्युदर्ता, विवाह दर्ता, बसाइसराइ, जन्म प्रमाणित नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न कागजात, एनसेल र नेपाल टेलिकमका सिमकार्ड बरामद गरिएको छ ।

पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको पन्तले बताइन ।


प्रतिक्रिया दिनुहोस्