घरेलु मदिरा सेवनबाट पाँच जनाको मृत्यु « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

घरेलु मदिरा सेवनबाट पाँच जनाको मृत्यु



काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको छ ।

होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवन गरेको र पाँचै जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ ।

मृत्यु हुनेहरुमा क्षिरेश्वरनाथ नगरपालिका २ रमैदयाका ३० वर्षीय राजु महरा, रामनारायण महरा, ३५ वर्षीय ब्रहमदेव यादव, ३६ वर्षीय गुदरी महरा र ४२ वर्षीय बिलास मण्डल रहेको प्रहरीले जनाएको छ ।

मृतकहरुको शव परिक्षणका लागि जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले प्रादेशिक अस्पतालमा ल्याएको जनाएको छ । घटनाको अनुसन्धानमा मृतकहरुको घरपरिवारसँग सोधपुछ जारी रहेको प्रहरीको भनाई छ । अघिल्लो वर्ष दशैंमा घरेलु मदिराको कारण आधा दर्जन व्यक्तिको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्