दादुरा–रुबेला खोप चैत १ गतेबाट « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

दादुरा–रुबेला खोप चैत १ गतेबाट



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित दादुरा–रुबेला खोप अभियान चैत १ गतेबाट दिईने भएको छ । धादिङका सबै पालिकाहरुमा चैत्र १ गतेबाट खोप लगाईने जनाईएको छ ।

९ महिना पूरा भई ५ वर्ष ननाघेका बालबालिकाका लागि सञ्चालित खोप अभियान धादिङमा तयारी पुरा भएको छ । बालबालिकालाई दादुरा–रुबेला रोग नलागोस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको धादिङ धुनिबेंसी नगरपालिका स्वास्थ्य प्रमुख शिवहरि भट्टले बताए ।

प्रमुख भट्टले दादुरा–रुबेला खोप अभियानसम्बन्धी जानकारी गराउँदै यो पूर्ण रूपमा रोग निवारण नभएकाले कुनै पनि बेला महामरीको रूप लिन सक्ने भएकाले सचेत रहन सबैलाई आग्रह गरे । ‘यो रोग निवारणको मुख्य तरिका नै खोप हो, त्यसैले यसबाट कुनै पनि बालबालिका वञ्चित नहोस् भनेर हामीले सबैतिर प्रचार समेत गरेका छौँ,’ उनले भने ।’ यो अभियानले दादुराका कारण मृत्यु हुने, अपाङ्गता र रोग लाग्ने दरमा घट्ने भट्टले विश्वास व्यक्त गर्नुभयो ।

सरकारले सन् २०१९ मा नेपाललाई दादुरा निवारण देश बनाउने लक्ष्य लिएको भए पनि अझै केही ठाउँमा दादुरा–रुबेलाका केस फेला परेकाले अभियान सञ्चालन गरिएको बताए । ‘यो अभियानको अर्को लक्ष्य खोपको पहुँचमा ९५ प्रतिशतभन्दा बढी पु¥याउने र सन् २०२३ सम्ममा पूर्ण रूपमा यो रोग निवारण गर्ने हो,’ उनले भने । स्वास्थ्य कार्यालयले प्रस्तुत गरेका तथ्याङ्कअनुसार नेपालमा २१ प्रतिशत बालबालिका खोपको पहुँचबाट वञ्चित छन् भने १ प्रतिशतले खोप नै देखेकै छैनन् ।


प्रतिक्रिया दिनुहोस्