७४ घुमुवा प्रहरीको दरबन्दी खारेज « Arthapath.com
१ चैत्र २०७६, शनिबार

७४ घुमुवा प्रहरीको दरबन्दी खारेज



काठमाडौं । महानगरीय प्रहरी कार्यालय काठमाडौं उपत्यकाका ३ जिल्लामा कार्यरत ७४ जना घुमुवाको दरबन्दी खारेज गरेको छ ।

घुमुवाहरुले आचरण विपरीत काम गरेको उजुरी परेपछि महानगरीय प्रहरी आयुक्त विश्वराज पोखरेलले ५७ जना जवान र १७ अधिकृतस्तरका घुमुवालाई जिम्मेवारीबाट हटाएर २ नम्बर प्रहरी गण महाराजगन्जमा सरुवा गरेका छन ।

उनीहरुलाई अपराध अनुसन्धान र नियन्त्रण प्रयोजनमा मात्र खटाईने र प्रहरीको आचरण, व्यवहार सुधारका लागि ७ दिने तालिम सुरु गर्न लागिएको पनि उनले बताए ।


प्रतिक्रिया दिनुहोस्