ठगी धन्दा गर्नेलाई ठाउँको ठाउँ समात्दै, साढे ५ लाख थान मास्क बरामद « Arthapath.com
३ चैत्र २०७६, सोमबार

ठगी धन्दा गर्नेलाई ठाउँको ठाउँ समात्दै, साढे ५ लाख थान मास्क बरामद



काठमाडौं । कालो बजारी गर्ने व्यवसायीहरुलाई प्रअहरीले धमाधम पक्राउ गर्न थालेको छ । कोरोना भाईरसको कारण देखाउँदै केहि व्यापारीहरुले मोटो रकम असुल गर्ने कृत्रिम अभाव देखाई उपभोक्तालाई ठगने गरेका छन । यस्तै कार्य गरिरहेको अवस्थामा प्रहरीले काठमाडौंको सतुंगबाट करिव ५ लाख थान माक्स प्रहरीले बरामद गरेको छ ।

चन्द्रागिरि नगरपालिका–१० स्थित विष्णुदेवी गोदाममा १ सय ७७ बोरामा लुकाई राखेको अवस्थामा साढे ५ लाख थान मास्क बरामद गरेको थानकोट प्रहरी वृत्तले जनाएको छ । प्रहरीका अनुसार माक्ससहित २ जना व्यक्तिालाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुरत गोयल र महेश्वरी रहेका छन ।

प्रतिमास्क २–३ रूपैयाँ मूल्य पर्ने उक्त मास्क बजारमा ४०–५० रूपैयाँमा बिक्री गर्ने गरेको खुलेपछि गोदाममा छापा हानेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरले शनिबार कपनबाट १ लाख ६८ हजार थान र आइतबार डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो ।


प्रतिक्रिया दिनुहोस्